SHOW / EPISODE

कोरोना परिवर्तन भयो हामी उस्तै..? | Kya Bore Bhayo Podcast | EP-1 |

21m | Apr 29, 2021

हुन त कोभिडको संक्रमणबाट सुरक्षित हुनका लागि पोहोर लकडाउन गरिएको भएपनि बेथितिका अरु भाईरसहरुले हामीलाई यो एक साल गांजी नै रह्यो | बिस्तारै थोरै न्यु नर्मल तिर जान हामी रेडी हुँदै थियौं फेरि नयाँ सालको सुरुवातसँगै कोभिडको दोश्रो लहरको त्रास सुरु हुन थालेको छ | अहिले फेरि दिनदिनै समाचारमा संक्रिमत र मृत्युका संख्या सुनिएसँगै देश फेरि लकडाउनमा गएको छ | कोभिड संक्रमित बढ्नु एउटा निराशाको कुरा हो त्योसँगै अर्को निराशाको पाटो के हो भने संक्रमित बढेसँगै अस्पताल, भेन्टिलेतर र अन्य आवश्यक श्रोत साधनहरु नबढ्नु हो |


सुरुमा नयाँ थियो सरकारलाई तयारि गर्न समय पुगेन होला भन्न पनि सकिन्थ्यो तर अब सरकारसँग त्यो बहाना पनि छैन ! सरकार आफ्नो नागरिक प्रति यो महामारीमा कत्तिको जवाफदेही हुनुपर्थ्यो र हुनुपर्छ अनि हामी आफै पनि कत्तिको सतर्क छौं त? भनेर आज मैले यो पोडकास्टमा यहि पेरिफेरिमा बसेर साथीहरु दिप्ती आचार्य, बिबेक लामा ब्लोन र कैलाश न्यौपाने गफ गर्दै छन् | कोरोना कोरोना मात्र भनेर कत्ति बोर भएर बस्ने आउनुहोस् बोर लाग्ने कुराहरुमा पनि केहि रचनात्मक गफगाफ गरौँ !

Audio Player Image
KyaBoreBhayo
Loading...